देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पको आश्वासनपछि पुनः सेवा सुचारु गर्दै टिकटक

देशान्तर

सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्ना सेवा पुनः सुरु गर्दै छ। नवनिर्वाचित डोनाल्ड ट्रम्पको आश्वासनपछि उसले सेवा सुचारु गर्न लागेको हो ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो।

ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने पनि बताए। यसअघि ट्रम्प टिकटक प्रतिबन्ध लगाउने पक्षमा थिए।

शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमा प्रतिबन्ध लगाउने कानुनका पक्षमा फैसला सुनायो।

यसपछि अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि टिकटकले आफ्नो गतिविधि बन्द गर्‍यो।