काठमाडौं । प्राकृतिक रूपमा सुन्दर र ऐतिहासिक गाथाहरूबाट वैभवशाली जिल्ला हो, सिन्धुली जिल्ला । प्रशस्तै प्राकृतिक छटाले युक्त, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, भौगोलिक रूपले अनुपम, सुन्दर छ सिन्धुली । नेपालको सबैभन्दा सुन्दर सडकमार्ग बीपी राजमार्ग पनि सिन्धुली जिल्लामै पर्दछ । त्यसैैैगरी सिन्धुली जिल्ला जुनार खेतीको लागि पनि प्रसिद्ध छ । यसै सिन्धुली जिल्लाअन्तर्गत एउटा स्थानीय तह हो, सुनकोशी गाउँपालिका ।
सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साबिक कुशेश्वोर दुम्जा, झागाझोली रातमाटा, पुरानो झागाझोली, सित्तलपाटी र मझुवा गरी पाँच गाविस समेटी स्थापना गरिएको हो, सुनकोशी गाउँपालिका । यस गाउँपालिकाको नामकरण नेपालको प्रसिद्ध ठूलो नदी सप्तकोशीको सहायक नदी सुनकोशीलाई आधार मानी गरिएको छ । यस गाउँपालिकाको पूर्वमा गोलान्जोर गाउँपालिका, पश्चिममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका र दक्षिणमा घ्याङलेख गाउपालिका र कमलामाई नगरपालिका रहेको छ । १५४ दशमलव ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा सातवटा वडा छन् । भौगालिक धरातलीय रूपमा स–साना टारदेखि खोला खोल्सी, अग्लो होचो डाँडाकाँडा हँुदै महाभारत शृंखलासम्मको भूभाग रहेको छ । यस गाउँपालिकाको विभिन्न भागबाट खोलानालाहरू सुनकोशी नदीमा समाहित भएका छन् । यहाँको हावापानी नेपालको हिमाल, पहाड र तराईजस्तै तीन प्रकारको रहेको पाइन्छ ।
यस सुनकोशी गाउँपालिकाका वासिन्दाहरूको मुख्य पेसा कृषि हो । कृषि पेसालाई व्यवसायिक र यान्त्रीकरण गर्दै एक वडा एक उत्पादनलाई अभियानकै रूपमा लगी नयाँ पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको छ, यस स्थानीय तह । अध्यक्षसँग युवा किसान भेटघाट कार्यक्रममार्फत युवा किसानहरूलाई अनुदान समेत प्रदान गर्दै आएको छ, यस गाउँपालिकाले । साना ठूला खोला, खहरेबाट सिञ्चित भई आएको यो क्षेत्रले परापूर्वकालदेखि नै अन्न र पशुजन्य उत्पादनको प्रचुर सम्भावना बोकेको छ । परम्परागत कृषिमा निर्भर रहेको यो क्षेत्रमा हाल पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गर्ने प्रचलन बढ्दै गएको छ र सोही अनुरूपमा माग पनि बढ्दै गएको छ । यहाँ उपलब्ध जैविक विविधता र प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी कृषि व्यवसायीकरणमार्फत तुलनात्मक लाभका बालीहरूको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगार, रोजगार र कृषि व्यवसायी बनाउने लक्ष्य अनुरूप दीर्घकालीन र अल्पकालीन योजना तर्जुमा तयार गर्ने कार्य भइरहेको छ । यस गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लकका कार्यक्रम सञ्चालन भइरहेको छ, साथै कृषि जोन कार्यक्रम सञ्चालनमा रहेको छ ।
यस गाउँपालिकामा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने थुपै्र सम्भावना छन् । यस पालिकाक्षेत्रमा दर्जनौँ पर्यटकीय गन्तव्य छन् । पर्यटकीय हिसाबले कुशेश्वर महादेव मन्दिर, फापर चुली, बीपी पार्क, सहिद स्मारक, सुनकोशी नदीमा जलयात्रा गर्ने र विभिन्न मठमन्दिर, गुम्बाले महत्त्व बोकेको स्थानको रूपमा रहेको छ यस गाउँपालिका । दक्षिणतर्फ महाभारत शृंखला र उत्तरतर्फ सुनकोशी नदीको बीचमा अवस्थित यस गाउँपालिका जैविक विविधता र प्राकृतिक स्रोतका हिसाबले महत्त्वपूर्ण रहेको छ । सुनकोशी मरिन डाइभर्सन र खुर्कोट चियाबारी सुरुङमार्गले आकर्षण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूबाट लाभ लिन आवश्यक रणनीति तय गर्दै अगाडि बढेको छ, यस गाउँपालिका । पर्यटकीय गन्तव्यको रूपमा देविस्थान, खानीगाउँ, सिउरेनी, ओख्रेनी, काफ्लेचौर, डाँगी, बोल्दे, बुद्धपार्क, हिलेखर्क, फापरचुली, बन्दीपुर, मतनबास, नाँगी गढी पर्यटन ट्रेल निर्माण र विकास गर्ने कार्यलाई यस गाउँपालिकाले निरन्तरता दिइरहेको छ ।
पालिकाको शैक्षिक क्षेत्रको सुधारका लागि सुनकोशी गाउँपालिकाले अभियान नै सञ्चालन गर्दै आएको छ । जसका कारण सामुदायिक विद्यालयहरूको पठनपाठनमा निकै सुधार आएको छ । यस गाउँपालिकामा ४५ वटा सामुदायिक विद्यालय छन् । पालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा सुनकोशी गाउँपालिकाले प्रशस्तै कामहरू गरेको छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न सिकाइ सामग्रीहरू, बालपुस्तकालय, आइटी सिकाइ सामग्रीहरू, खेलकुदका सामग्रीहरू, सरसफाइ सामग्रीजस्ता भौतिक तथा प्राविधिक सुविधाको विस्तार गर्दै अगाडि बढेको छ, यस स्थानीय तह । माध्यमिक तहको प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारमा समेत यस गाउँपालिकाले काम गर्दै आएको छ ।
यस गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरू प्रविधि र पूर्वाधारयुक्त बन्दै गइरहेका छन् । यस गाउँपालिकामा १४ वटा स्वास्थ्य संस्थाहरू छन् । ‘स्वस्थ सुनकोशी, स्वस्थ नागरिक’ अभियानलाई सफल बनाउन पालिकाभित्र रहेका आयुर्वेदालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्यकेन्द्र र सामुदायिक स्वास्थ्य इकाइबाट व्यवस्थित र सुविधासम्पन्न रूपले सेवा प्रवाहका लागि व्यवस्थापनका सम्पूर्ण पक्षहरूलाई यस गाउँपालिकाले विशेष ध्यान दिँदै आएको छ । दूरदराजका नागरिकलाई स्वास्थ्य सेवामा पहुँचका लागि स्वास्थ्य संस्था र जनशक्तिको व्यवस्था यस गाउँपालिकाले गरेको छ ।
यस गाउँपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस पालिका क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरू भएका छन् । पालिका क्षेत्रभित्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने, सहायक सडकहरूलाई स्तरोन्नति गर्ने कामहरू धमाधम भइरहेका छन् । एक वडा एक दिगो र सुरक्षित कालोपत्रे सडक निर्माण कार्यलाई अभियानकै रूपमा बजेटमा पहिलो प्राथमिकतामा राखेको छ यस स्थानीय तहले । नागी, मतनवास, बन्दीपुर, कोटगाउँ, डाँगी, काफ्लेचौर महाभारत कृषि सडकलगायत वडाभित्रका महत्त्वपूर्ण सडकहरूको लागि संघ र प्रदेश सरकारसँग पहल र सहकार्य गरी स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइरहेको छ यस गाउँपालिकाले ।
यस गाउँपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमका रूपमा अंगीकार गरी त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ । जनताको सबैभन्दा नजिकको निकाय हुन्, स्थानीय तहहरू । स्थानीय तहहरू लोकतन्त्र र सुशासनलाई जनस्तरसम्म पु¥याउने संस्थागत संयन्त्र हुन् । स्थानीय तहहरू मुलुकको समग्र विकासको सबैभन्दा भरपर्दो माध्यम हुन् । केन्द्रले प्रयोग गर्दै आएका वित्तीय, प्रशासनिक, राजनीतिक अधिकारहरू विकेन्द्रीकरणको मर्म र भावनाअनुसार निक्षेपण गर्दै आइरहेका हुन्छन्, स्थानीय तहहरूले ।
स्थानीय तहहरूको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । विकास निर्माणका अलावा सामाजिक परिचालन, चेतना जागरण तथा आयआर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन्, स्थानीय तहहरूले । यिनै स्थानीय तहमध्ये एक सिन्धुलीको सुनकोशी गाउँपालिकाले आगामी दिनमा पालिका क्षेत्रलाई अझै सबल, सक्षम र विकसित गर्न सफल रहोस् ।
प्रतिक्रिया