देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेसँग सौहार्दपूर्ण सत्ता सहकार्य – कांग्रेस

दुई दिन सर्वसाधारण र नेता कार्यकर्ताका समय दिन दिन मन्त्रीहरुलाई निर्देशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरुलाई पाँच दिन मन्त्रालयको काम गर्न र दुई दिन सर्वसाधारण र नेता कार्यकर्ताका समय दिन दिन निर्देशन दिएको छ । कांग्रेसले मन्त्रीहरूलाई पार्टी कार्यकर्ता र जनताको गुनासो सुन्न निर्देशन दिएको हो । बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा १० मन्त्री र दुई राज्यमन्त्रीको सामूहिक ब्रिफिङ लिएपछि सभापति देउवाले मन्त्रीहरूलाई काममा केन्द्रित हुन निर्देशन दिएका हुन् ।


उनले ब्रिफिङमा मन्त्रीहरूले आआफ्नो मन्त्रालयमा भइरहेका काम र त्यसका लागि परेका प्राविधिक अप्ठेरा फुकाउन पार्टी नेतृत्वले गर्नुपर्ने सहयोगका विषय राखेको जानकारी दिएका थिए । सत्ता गठबन्धनका कारण समस्या भएको विषय भने कुनै पनि मन्त्रीहरूले नउठाएको उनको भनाइ छ । बैठकमा पार्टी पदाधिकारी र संसदीय दलका पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठक पछि गृहमन्त्री रमेश लेखकले नेकपा (एमाले)सँग सौहार्दपूर्ण सत्ता सहकार्य भइरहेको बताए । मन्त्रीहरूको ब्रिफिङपछि बाहिरिएका लेखकले सत्ता सहकार्यमा कुनै समस्या नरहेको दाबी गरे । गृहमन्त्रीले अर्को फरक प्रसंगमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने जानकारी दिएका छन् ।


कांग्रेसका मन्त्रीहरूले एमालेसँग भएको सात बुँदे सहमति अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका थिए । मन्त्रीहरूको बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने महामन्त्रीले ब्रिफिङ गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको पनि स्पष्टीकरण दिएको छ । अध्यादेश र सरकारको पछिल्लो कामकारबाहीबारे कांग्रेसभित्रै केही नेताहरू असन्तुष्ट छन् । यसैबीच नेपाली कांग्रेसले खाली भएका तीनवटा संसदीय समितिको संयोजक नियुक्त गरेको छ । बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गर्दै संयोजक दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ । त्यस्तै बैठकले अर्थ समितिमा डा.प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ । कांग्रेस संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक एक जना संयोजक तोक्ने व्यवस्था छ ।