काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तराष्ट्रिय बजारमा एक औँस सुनको मूल्य दुई हजार ६ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।
स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक हजार दुइ सयले वृद्धि भइ एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको सेतो धातु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ । बुधबार एक तोला चाँदी एक हजार आठ सय ३० मा किनबेच भएको थियो ।
प्रतिक्रिया