काठमाडौं । बलिउड अभिनेतृ करिना कपुरका पति अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । गए राति एक अज्ञात व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका हुन् ।
गए राति एक व्यक्ति खानको घरमा प्रवेश गरेका थिए । त्यसपछि खान र ती व्यक्तिबीच हातपात भएको थियो । सोही क्रममा खान चक्कु प्रहारबाट घाइते भएका बीबीसी हिन्दीले उल्लेख गरेको छ । अहिले उनको उपचार भइरहेको छ ।
प्रहरीले एक व्यक्ति खानको घरमा प्रवेश गरेको र त्यसक्रममा खानका सहयोगीसँग उनको भनाभन भएको जनाएको छ । त्यसैक्रममा खान वचाउका लागि पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।
उक्त व्यक्ति त्यसलगत्तै फरार भएको थियो । अहिले प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको जनाएको छ । अस्पतालले खानलाई ६ ठाउँमा चोट लागेको जनाएको छ । साथै एउटा घाउको भने अप्रेसन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया