काठमाडौं । अभद्र व्यवहारको कसुरमा आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो ।
कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो । प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया