काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका विषयमा कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोन वार्ता गरेकी छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै राणाले हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेको बताएकी छन् ।
यसै अन्तर्गत आज कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेको उनको भनाइ छ ।
प्रतिक्रिया