काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरुबीच गठित कार्यदलको बैठकले संवादलाई निरन्तरता दिने निर्णय गर्दै संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् ।
धुम्वाराहीमा आज बसेको बैठकले मोर्चालाई निरन्तरता दिदै संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको हो । बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ । बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, लमलोपालगायत दलका नेताहरुका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी थिए । तर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी थिएन ।
प्रतिक्रिया