काठमाडौँ । सरकारले ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष गरेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गलत बाटोमा हिँड्न खोजेको टिप्पणी गरेका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले संसद सुचारु नगरेर अध्यादेश ल्याएको भन्दै विरोध जनाए । उनले प्रधानमन्त्री ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु हास्यापद भएको टिप्पणी गरे । उनले उनले एमालेसँग ७ बुँदे सहमति गरेर अघि बढेको भएपनि कार्यान्वयन प्रक्रिय अघि नबढेकोप्रति असन्तुष्टि जनाए ।
प्रतिक्रिया