काठमाडौं । सोमबारको थुनछेक बहस नसकिएपछिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछाने हिरासतमै रहने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो ।
मंगलबार सार्वजनिक बिदा भएकोले उनलाई बुधबार अदालतमा पेस गर्न इजलासले आदेश दिएको छ ।
उक्त मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । अब लामिछानेका वकिलको बहस बाँकी छ । उनीहरूले बुधबार बहस गर्नेछन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया