देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने सरकारी वकिलहरुको जिकिर

देशान्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्ने बारे थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् ।

काठमाडौँ जिल्ला अदालतमा जारी थुनछेक बहसमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क छ । कुमार रम्तेल र छविलाल जोशीलगायत पोल बयान गरेको अवस्थामा लामिछानेलाई थुनामा राखेर नै पुर्पक्ष गर्नुपर्ने उनीहरुको जिकिर छ । जाहेरवालाको तर्फबाट अझै ६ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको छ । उनीहरूको बहस सकिएपछि र लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।


स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।