देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एउटा अधिवेशनलगत्तै अर्को अधिवेशनको दौडले पार्टी बलियो हुँदैन : डा. शशांक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्र अहिले नेतृत्वको होडबाजी चलेको बताएका छन्। दाङमा आइतबार आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अधिवेशन आउन १ वर्ष बाँकी छँदै होडबाजी सुरू भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अहिले पार्टीलाई कसरी बलियो बनाउने भनेर लाग्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘अहिले पार्टीलाई कसरी बलियो भन्ने बेला हो । तर, महाधिवेशन आउन १ वर्ष अगाडिदेखि नै नेतृत्वको होडबाजी चलिरहेको छ,’ कोइरालाले भने, ‘पहिला पार्टी संगठन सुदृढ बनाऊँ । नेतृत्वका बारेमा महाधिवेशनको बेलामा समय आएपछि छलफल गरौँला ।’

उनले एउटा अधिवेशन सकिएलगत्तै अर्को अधिवेशनको दौडले पार्टी बलियो नहुनेमा जोड दिए । महाधिवेशनमा सभापतिमा आफ्नो दाबेदारी रहने भए पनि पार्टीमा छलफल गरेर मात्रै अन्तिम निर्णय गर्ने उनको भनाइ छ।

‘अहिले धेरैले सभापति लड्छु भनिरहेका छन् । उनीहरूको नीति के, कार्यक्रम के ? तपाईंहरू उहाँहरूलाई सोध्नुस्,’ नेता कोइरालाले भने,‘मलाई सोध्नुहुन्छ भने भन्छु–म चाहन्छु कांग्रेस बीपी कोइरालाको सिद्धान्तका आधारमा अघि बढोस् ।’

त्यस्तै उनले पार्टीभित्र मिसन ०८४ नभई मिसन कांग्रेस रूपान्तरण हुनुपर्ने बताए । बीपी कोइराको मन्त्रीपरिषद्मा ०१५ सालमा एसियामै पहिलोपटक महिला मन्त्री बनाएको, शिक्षा, स्वास्थ्य, विकास धेरै सुधारका काम भएको भन्दै उनले ७ दशकभन्दा लामो इतिहास भएको पार्टीको अहिलेको अवस्था चित्तबुझ्दो नभएको धारणा राखे।