देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेखर कोइराला लण्डनमा

देशान्तर


काठमाडौँ । संघीय संसद्को सबैभन्दा ठूलो एवं सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला लण्डन पुगेका छन् । इन्डोप्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत पुगेका हुन् ।
बिहीबार राति लण्डन हिथ्रो विमानस्थल टर्मिनल फोरमा उत्रिएका नेता कोइरालालाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका छन् । विमानस्थलमा नेता कोइरालाले आफू एक सांसदको हैसियतमा बेलायत आएकाले बेलायती सांसद र नेताहरूसँग भेटघाट गर्ने, बुझ्ने र केही सिक्ने प्रतिक्रिया दिए ।


उनले बेलायतको नेपाली समुदायलाई समेत आफ्नो देशको समृद्धिमा साथ दिन आग्रह गर्दै उनीहरू देशका राजदूत भएकाले बेलायत नेपाल सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न अनुरोध गरे । एक प्रसंगमा नेता कोइरालाले अहिले कांग्रेसको ‘कोर भ्यालू’ खस्किएको बताउँदै यसबारे सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।


कोइरालाले सोमबार साँझ बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री, बेलायती सांसदहरू एवं नेपाली समुदायका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ ।