काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बयान सुरु भएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान सुरु भएको हो । लामिछानेको बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।
प्रतिक्रिया