देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोविन्द मधुरको नेतृत्वमा रापती समाजको नयाँ कार्यसमिति

देशान्तर


काठमाडौं । रापती समाज काठमाडौंको १८औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्बसम्मत चयन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष एकराज भण्डारी, उपाध्यक्षहरू मोहनलाल डांगी र माधवी रेग्मी, महासचिव गायत्रा कुमारी विसी, सचिव सिर्जु अधिकारी, कोषाध्यक्ष सोनि पाण्डे थापा, र सह–कोषाध्यक्ष वेदप्रसाद भट्टराई रहेका छन् । त्यसैगरी सदस्यहरूमा देवराज आचार्य,प्रेमराज लामिछाने,लोकबहादुर रसाइली,बिमला पौडेल,रिता केसी,मीना बस्नेत,पूर्णबहादुर पुरी,बिमला भुसाल,सरस्वती देवकोटा,सुमित्रा पाण्डे रहेका छन् । बाँकी सदस्यहरु बिधानसम्मत नियुक्त गरिने निर्वाचन मण्डलले जनाएको छ ।


“सबैको विश्वास, सबैको भर; राप्तीवासीको साझा घर” भन्ने नाराका साथ सम्पन्न अधिवेशनमा लोकसेवा आयोगबाट नयाँ अधिकृत बनेका रापतीका युवा प्रतिभाहरूलाई सम्मान गरिएको थियो । तुलसीपुर–६ की ललिता कँडेल, तुलसीपुर–९ की पार्वती भण्डारी, तुलसीपुर–६ का सुन्दरकुमार बुढाथोकी, तुलसीपुर–९ का जोखिम वली, बबई–४ की बिमला भण्डारी, र लमही–१ का विजय पौडेललाई सम्मान गरिएको थियो कार्यक्रमका प्रमुख अतिथि संविधानविद तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले शुभकामना मन्तब्य दिदै सामाजिक र सांस्कृतिक गतिविधिहरूमा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । समाजले राप्ती क्षेत्रको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएको उनले बताए । अतिथि संविधानविद् डा. भीमार्जुन आचार्यले समाजले राप्ती क्षेत्रको समग्र विकासमा अझ गहन रूपमा क्रियाशील हुने अपेक्षा व्यक्त गर्दै समाजले कला, संस्कृति र सामाजिक सेवाका क्षेत्रमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए ।

समाजका पुर्व अध्यक्ष शशि शर्मा मजगैयाँले रापती समाज काठमाडौंको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्दै यसले गरेको महत्वपूर्ण योगदानको चर्चा गरेका थिए । उनले सांस्कृतिक, साहित्यिक, र सामाजिक क्षेत्रमा यसले पु¥याएको समाजको योगदान अनुकरणीय भएको पनि बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले समाजको सांस्कृतिक गतिविधिहरूको प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरे । संस्थापक अध्यक्ष मित्रलाल पार्धेले पोल्यान्डबाट शुभकामना सन्देश पठाएका थिए । नयाँ कार्यसमितिले राप्ती क्षेत्रको कला, संस्कृति, पर्यटन, र समाज सेवाका क्षेत्रहरूमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।