काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने दाबी गरेका छन् । सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शि रहेको बताए ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएको पनि उनले जानकारी दिएका छन् । माघ २ गते समाजवादी मोर्चामा भएका चारवटा घटकहरुसँग छलफल गरेर अघि बढ्ने उनले बताए । दुई ठूला सहित विप्लव नेतत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।
आजको भेटमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
प्रतिक्रिया