देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ : डा.डिला संग्रौला

देशान्तर

बर्दिया । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नुपरेको बताएकी छन् ।

नेपाली कांग्रेस बर्दियाले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा.संग्रौलाले सहकार्य एमालेसँग भएपनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पारिन् ।

कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख समेत रहेकी संग्रौलाले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको समुन्नत र समृद्ध नेपाल रहेको बताउँदै सुशासन र समृद्धिका लागि भ्रष्टाचार सम्बन्धि सबै फाइल खोल्नुपर्ने धारणा राखिन् । पार्टीको इतिहासलाई भजाएर मात्र होइन वर्तमानको आवश्यकता पुरा गर्नुपर्ने भन्दै उनले भनिन्,‘सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ । जोकोहीमाथि छानविन हुनुपर्छ । सुशासनको को जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले भ्रष्टाचार न्यूनिकरण मूल एजेन्डा बनाइनुपर्छ ।’

उनले पार्टीको महाधिवेशन समयमै गराउन कार्यकर्ताहरुले माहोल सिर्जना गर्नुपर्ने र क्रियाशिल सदस्यताको टुंगो चाँडो लगाउनुपर्ने बताइन् । कांग्रेस नेताहरु एनपी साउद, अब्दुल सतार, गोविन्द बहादुर शाह र चम्पा खड्का सहित लुम्बिनी प्रदेश भ्रमणमा पुगेकी डा. संग्रौलासहितको टोलीले बाँके, कपिलवस्तु, नवलपरासी र नवलपुरलगायतका जिल्ला भ्रमण गर्ने कार्यतालिका छ ।