काठमाडौं । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेख्ने कार्य भइरहेको छ । आज सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए ।
प्रतिवादीलाई बोल्ने समय दिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका थिए । त्यसपछि आदेश लेखन कार्य भइरहेको हो । अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहामध्ये एक आदेश गर्नेछ । आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । रवि र उनकी पत्नी निकिता पौडेल अदालतभित्र विश्रामकक्षमा छन् ।
प्रतिक्रिया