काठमाडौं । मातृभूमि अभियान थालेका भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् ।
राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधान संशोधनका लागि भन्दै सरकार बनाउने र संशोधनको काम भने २०८७ सालमा गर्ने तयारीले जनतालाई झुक्काउने काम भएको टिप्पणी गरे । उनले जनताको
आँखामा पट्टी लगाएर आफूमात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने धारणा राखे । रावलले सरकार सञ्चालन गर्ने र महत्वपूर्ण पदमा बस्नेहरुले देशलाई आफ्नो हित अनुकूल प्रयोग गरेको आरोप समेत लगाए ।
प्रतिक्रिया