काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासमा लामिछानेले आफूलाई साधारण तारेखमा छाडिदिन आग्रह गर्दै हरेकपटक तारेखमा आउँदा सहकारीपीडितको रिपोर्ट लिएर आउने बताएका छन् ।
केही समयअघि सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिए पछि न्यायाधीश राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । लामिछानेले सो क्रममा आफूलाई छोड्न अनुरोध गरेका हुन् । ‘पीडितको पक्षमा निरन्तर लागिपर्छु । मलाई छोडिदिनुस श्रीमान । प्रत्येक पटक आउँदा सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु,’ रविले भने ।
प्रतिक्रिया