देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दलीय संयन्त्रमा सरकारको काम कारबाहीबारे समीक्षा

विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रले सरकारको काम कारबाहीबारे समीक्षा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार/चार जना सदस्य छन् ।


संयन्त्रमा कांग्रेसकातर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । संयन्त्रको पहिलो बैठक गत कातिक २१ गते बसेको थियो । उक्त बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एक÷एक महिनाका दरले गर्ने निर्णय गरेको थियो ।

अहिले संयन्त्रको संयोजन गरिरहेका कांग्रेस उपसभापति खड्काले बुधबार संयन्त्रको बैठक सिंहदरबारमा राखेका थिए । उक्त बैठकमा संसदमा विचाराधीन विधेयकहरूका सम्बन्धमा समेत छलफल भएको नेताहरूले बताएका छन् ।