देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्गा प्रसाईँविरुद्ध संगठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता

देशान्तर

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता भएको छ ।
प्रसाईँसहित हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो ।
फुयाँललाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । उनले दुर्गा प्रसाईँकै योजना र आदेश बमोजिम आफूले विभिन्न व्यक्तिलाई धम्क्याएको बयान दिएका छन् ।

प्रसाईँलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा प्रहरीले पक्राउ गरेकोमा अदालतबाट धरौटीमा रिहा भएका थिए ।
प्रसाईँ र उनको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतलाई धम्क्याएको अडिओ अदालतमा पेश भएको छ । त्यसबाहेक अन्य व्यवसायीको समेत निवेदन परेको सिआइबीले जनाएको छ । भारतका चर्चित ग्याङस्टार लरेन्स विश्नोइको ग्याङको सदस्य भन्दै विभिन्न व्ययवासीलाई धम्की आएको थियो । त्यसरी फोन गर्ने व्यक्ति फुयाँल नै भएको जनाइएको छ ।