काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको हो ।
पोखरेललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका पोखरेलमाथि एमबीबीएसमा नाम निकालिदिने नाममा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
ठगीको घटना बाहिरिएपछि उनलाई सभापति पोखरेलले बर्खास्त गरेका थिए । उनी विरुद्ध केहि दिन अघि पक्राउ पुर्जी जारी भएको थियो । अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
प्रतिक्रिया