काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पीडितले पनि सडकबाट राज्य र राजनीतिक नेतृत्वलाई दबाब नदिएसम्म अर्को १८ वर्षमा पनि नटुंगिने खतरा रहेको औंल्याए । अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताए ।
उनले माओवादी नेतृत्वलाई तह लगाउन, ठिक गर्न र सिध्याउने अन्तिम हतियार यही हो, टुंग्याउनु हुन्न भन्ने प्रवृत्ति पनि रहेको पनि बताए ।
प्रतिक्रिया