काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ । लामिछानेका कानुन व्यवसायीहरु सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापासहितले बहस गरेका थिए । अब एक दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् । यसैबीच लामिछानेका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । बहस सकेर कास्की प्रहरीको हिरासतमा लामिछानेलाई फर्काइएको छ । उनलाई अदालत गेट बाहिर निकाल्ने क्रममा समर्थकले हात हल्लाएर नाराबाजी सुरु गरेका थिए । उनीहरुले कांग्रेस महामन्त्री गगन थापाविरुद्ध पनि नाराबाजी गरेका थिए ।
प्रतिक्रिया