देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक – १४वटा समसायिक प्रस्ताव पारित

देशान्तर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले १४वटा समसायिक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष छ ।

सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । बैठकले सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ ।

८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ । यसैबीच केन्द्रीय कमिटी बैठकको समापनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुट नभएको दाबी गरेका छन् । सडकबाट जनमत बनाउने कुरा गलत भएको ओलीको भनाइ छ । बैठकमा ओलीले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकाल्नुको फेहरिस्त सुनाएका थिए । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई भने पटक–पटक पार्टीविरुद्ध बोलेपछि ’वार्निङ’स्वरूप निलम्बन गरेको ओलीले सुनाएका छन् ।