काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले अगामी भदौ ,असोजमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । उनले विद्यामान केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरी विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
उनले अध्यक्षलाई हटाउन नभइ बहस सिर्जना होस् भनेर गत बैठकमा आफूले धारणा राखेको बताए । उनले आफूले यसअघि बैठकमा राखेको प्रस्तावको सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा धेरै आएकाले थप केही भन्नुपर्ने नरहेको पनि बताएका थिए ।
शर्माले पार्टीका पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रस्ताव गरे ।
उनले पार्टी निर्माणको लागि माओवादी धारसँग एकता गरेर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।
प्रतिक्रिया