काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी भएको छ । आइतबारबाट जारी बैठकमा तेस्रो दिनको छलफल जारी छ । बैठकको सुरूमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराएको प्रचण्ड सचिवालयले जनाएको छ ।
यसअघि बैठक भोलि टुंग्याउने तयारी भएको थियो । बैठकले अध्यक्ष प्रचण्डसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनसँग जोडिनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीले विभिन्न अभियान चलाएर मात्रै महाधिवेशनको मिति तोक्ने तयारी छ ।
सोमबारसम्म ८० जना केन्द्रीय समिति सदस्यहरूले धारणा रहेका थिए । आज १ सय जना सदस्यहरूले धारणा राख्न बाँकी रहेको छ ।
प्रतिक्रिया