देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तिब्बतमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

नेपालमा भएको क्षति विवरण सङ्कलनका लागि सशस्त्र प्रहरीका २५ सय जवान परिचालन

देशान्तर

काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या हाल सम्म ५३ पुगेको छ । भूकम्पमा परि अहिलेसम्म ६३ जना घाइतेभएका छन् ।

चिनियाँ सञ्चारमाध्यम का अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । भएको बीबीसीले जनाएको छ । भूकम्पबाट नेपालमा पनि सामान्य क्षति भएको छ । भूकम्पबाट ओखलढुंगामा एउटा माटोको घर चर्किएको छ ।

रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । यस्तै, सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीको भवनको भित्ता चर्किएको छ । बारामा ११ विद्यार्थी बेहोस भएका थिए । तर, उनीहरूको अवस्था अहिले सामान्य छ । यस्तै, काठमाडौंको स्युचाटारमा एक व्यक्तिलेले छतबाट हाम फालेका छन् । उनको दुवै खुट्टामा चोट लागेको प्रवक्ता अधिकारीले बताए । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा थियो । भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

भूकम्पबाट नेपालमा भएको क्षति विवरण सङ्कलनका लागि सशस्त्र प्रहरीका २५ सय जवान परिचालन गरिएको छ । भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेस र बाग्मती प्रदेशमा रहेका युनिटहरूबाट करिब २५ सय जना परिचालन गरिएको हो । केही जिल्लाका १,२ वटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन ।
रामेछाप , सिन्धुपाल्चोक , ओखलढुङ्गा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ ।