काठमाडौँ, २३ पुस। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।
काठमाडौँ उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भू भागमा पनि भूकम्पको धक्का महसुस गरिएको हो।
बिहान ६:५५ बजे यो महसुस गरिएको हो।
तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको भूकम्प ५.३ म्याग्निच्युडको थियो।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ ।
तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
प्रतिक्रिया