काठमाडौं । पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि नेकपा एमालेमा रावीनमाको लहर सुरु भएको छ ।
यसक्रममा कैलालीको गोदावरी नगर कमिटीका ४६ जनाले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले यही पुस ११ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। यद्यपि उनीहरूले आफूूहरू माओवादीका पूर्वलडाकू रहेको र नेकपा विभाजनपछि एमालेमा रहेको बताएका छन् ।
उनीहरूले राजीनामा दिँदै भनेका छन्,
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनेपछि म लगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेका थियौँ । एकता मुख्य नेताहरूको आपसी लँडाईको कारणले टिक्न सकेन्। त्यो बेला हामी माओवादी स्कुलिङबाट नेकपामा रहेका यहाँका अधिकांश कमरेडहरु तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली को लाइनलाई समर्थन गर्यो। उहाँको बचाउ र पक्षमा सडक सम्म बहस मात्रै होइन कि अदालतले एमाले र माओवादी अलग- अलग बनाइदिएपछि पनि हामी एमाले मै बस्यौं। यद्यपि अहिले को एमाले नेकपा को नै निरन्तरता हो भन्ने हाम्रो बुझाइ हो। तर यहाँ भित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पुर्ब माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्व कै विरुद्ध तलै सम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो। तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई हामी कसैले पनि इन्कार गर्न सक्दैनौं। अहिले को गणतन्त्र, संघियता, समावेशिता सबै जनयुद्ध कै जगमा आएका हुन्। अहिले को एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने नीति भएपनी त्यसको विरुद्ध मुख्य नेतृत्व खासगरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामिले बसिरहनु आवश्यक ठानेका छैनौं। त्यसैले आज कै मितिदेखि हामी तपसिलका कमरेडहरुले नेकपा एमाले परित्याग गर्ने निर्णय गरेका छौं।’
प्रतिक्रिया