पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले थुनछेक बहस गर्दै छन्।
जिल्ला न्यायाधीश नितिश राइको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्।
यसअघि सोही प्रकरणमा पूर्वडिआइजी छविराज जोशी र लीला पछाईंको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी एमाले नेत्री एवं गण्डकी प्रदेशसभाकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी रहेको छ।
यसैबीच रबि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानुन व्यवसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएकोबारे इजलासमा कुरा उठ्न थालेको बताएका छन्।
सहकारी पीडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरुले आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गइरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताए।
अहिले रवि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण सहकारी पीडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानुन व्यवसायीहरुले बताउँदै आएका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रबि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलासमा बहस चलिरहेको छ ।
प्रतिक्रिया