देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक आजदेखि सुरू-पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षका हैसियतमा सहभागी

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक आजदेखि सुरू भएको छ । धुम्वाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने छ ।


बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीलगायत सहभागी छन् ।
माओवादीकेन्द्रको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपाध्यक्षका हैसियतमा सहभागी हुदै प्रचण्डसँगै बसेका छन् । बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ रहनेगरी आसन व्यवस्थापन गरिएको छ । माओवादीले उनलाई केन्द्रीय समिति बैठकबाट सकृय भूमिका दिन लागेको छ ।