देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाले गठन गर्यो ’संविधान परिमार्जन सुझाव कार्यदल’

देशान्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी केन्द्रिय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ’संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।

पार्टीको आइतबारको केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले सात वटै प्रदेशमा आ
वश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।
कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन ।