काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने गरि सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउने भन्दै संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्ने बताए ।
उनले प्रदेश र स्थानीय सरकारलाई धारिलो बनाउनेगरी २०८४ सम्ममा सरकारले कानून बनाउने बताए ।
महामन्त्री थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने पनि बताए । उनले कांग्रेसमा रहेका जोसुकै भए पनि सहकारी ठगी संलग्न होस् वा मान्छेलाई बेचबिखनमा दोषी देखिए कारबाही हुने बताए । महामन्त्री थापाले चर्चामा रहेका ४० भन्दा बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए ।
प्रतिक्रिया