काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकोे भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न आज पनि स्थायी कमिटी बैठक सुरु बभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सकिने बैठकले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन् ।
त्यसबाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् । माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् । शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो ।
माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकता गर्ने निर्णय गर्ने तयारी पनि गरेको छ ।
प्रतिक्रिया