काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न उनको सुझाव छ ।
शुक्रबार राजधानीमा भएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लेखेको संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले प्रमुख आतिथ्यता ग्रहण गरिरहेकी भण्डारीलाई सम्बोधन गर्दै उनले भने, ‘मेरो शुभकामना छ । फेरि राजनीतिमा आउन चाहनुभएको हो कि साथीहरूले इच्छा राख्नुभएको हो कि भन्ने पनि चर्चा छ ।
यहाँको सफलताको म सम्मान गर्छु यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ ।’ उनले राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रुपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्वराष्ट्रपतिहरूमा रहेको बताए ।
प्रतिक्रिया