देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको मओवादीको आशंका-संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले चाँडो भन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह गरेको छ । माओवादीले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको दाबी सहित संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ ।

संसद छलेर सरकारले दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको मओवादीको आशंका छ । बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रूपमा राजनीतिक प्रतिवेदनमाथि धारणा राखिसकेका छन् । उनीहरूले समसामायीक परिस्थिति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राखेका थिए । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठको तयारीका लागि बोलाइएको स्थायी कमिटीको बैठक भोलि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।