काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा आज बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले कार्यतालिका बनाएर सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो ।
क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय गरेको छ ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरु प्रकाश स्नेही रसाइली, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।
प्रतिक्रिया