काठमाडौं । नेपाली कांग्रेसले विभाग प्रमुखहरुलाई फागुन मसान्तभित्र विभागहरुले गर्ने आफ्नो कार्य योजना पेश गर्न निर्देशन दिएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सबै विभागलाई कार्ययोजना ल्याउन भनिएको रविभागले गरिरहेका काम, गर्नुपर्ने कार्य, समस्या लगायतमा प्रमुखहरुसँग छलफल निरन्तर भैरहेको छ ।
विधानमा ४८ विभागको व्यवस्था गरिएको छ भने पार्टीमा भएको सहमति अनुसार संख्या बढाउने निर्णय अनुसार ५६ वटा विभाग बनेका छन् । गत बुधबार शर्माले १६ वटा विभागका प्रमुखहरुसँग छलफल गरेका थिए ।
प्रत्येक विभागमा प्रमुख सहित बढीमा ५१ सदस्यीय बनाउन सकिने विधानको व्यवस्था छ । तर हाललाई विभागका सदस्य मनोनित गर्दा १० जनाभन्दा बढी नराख्न पार्टीले निर्देशन दिएको छ ।
प्रतिक्रिया