देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि सालेसका सभापति पोखरेलले स्वकीय सचिवलाई गरे बर्खास्त

देशान्तर

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई बर्खास्त गरेका छन् । पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो
पोखरेलले संघीय संसद सचिवालयलाई स्वकीय सचिवलाई पोखरेललाई हटाएको जानकारीसहितको पत्र पठाएका हुन् ।
‘माथिसम्म पहुँच रहेको’ र एमबीबीएसमा नाम निकालिदिने भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले दीक्षा चौधरीको नाम एमबीबीएसको प्रवेश परीक्षामा निकालिदिने भन्दै बाबु बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाई चौधरीलाई हस्ताक्षर गराएको पीडितको भनाइ छ ।

पोखरेलले चौधरीबाट रकम लिएको स्वीकार गरेका छन् । तर, त्यो रकम एमबीबीएसमा नाम निकाल्न नभएको उनको दाबी छ ।पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् ।