काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा सरकार र राजनीतिक दलप्रति जनताले गम्भीर प्रश्न उठाएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको अन्त्य गर्न एकले अर्कालाई दोषारोपण गरेर मात्रै नहुने बताए । उनले सरकारमा रहँदा जे बोल्दै आएको र अहिलेमा कुनै फरक नरहेको बताए । उनले आफू पछिल्लो पछिल्लोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको पनि बताए । उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन् ।
नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए । कार्यक्रममा उनले पत्रकारिता क्षेत्रमा इनफर्मेसन, डिसइनफर्मेसन र मिसइनफर्मेसनको कारण ठुलो चुनौती देखा परेको बताए ।
प्रतिक्रिया