काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एबम राष्ट्रियसभा सदस्य वामदेव गौतमले एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको पार्टी प्रवेशको छलफल सकारात्मक भएको बताएका छन् ।
गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको जानकारी दिएका हुन् । उनले पार्टी एकताका लागि माधव नेपाल र आफू एकजुट भएको बताए ।
समाजवादीका नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ । एकता छिट्टै हुने पनि नेताहरुले बताएका छन्
प्रतिक्रिया