देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवनियुक्त राजदूतहरूको पद तथा गोपनीयताको शपथ

देशान्तर

काठमाडौँ । विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।