काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा सुरु भएको आजको थुनछेक बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएसँगै आजबाट थुनछेक बहस सुरु भएको हो । पहिलो दिन आज सात जनाकै पहिलो थुनछेक बहस सकिएको छ ।
बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ । थुनछेक बहस चल्दै गर्दा जिल्ला अदालतको इजलासमै रुवाबासी भएको थियो । न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले इजलासमै आत्महत्या गर्ने अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो । गुरुङको अभिव्यक्तिपछि पूर्व सांसद मिना गुरुङ लगायत रुन थालेका थिए ।
सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लगायतका केही प्रतिवादीलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ ।
प्रतिक्रिया