देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाधिवेशन कि निर्धारित समयमा नत्र आमनिर्वाचनपछि गर्दा उपयुक्त : शशांक कोइराला

देशान्तर

काठमाडौं । पुर्व महामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन कि निर्धारित समयमा नत्र आमनिर्वाचनपछि गर्दा उपयुक्त हुने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए ।

“विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,” उनले भने । निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने उनको तर्क छ । उनले निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तताको असर आम निर्वाचनमा पर्ने बताए ।


“कोइराला परिवार एक होइन, विचार एक हुनुप¥यो । विचार एक भए हुन्छ,” उनले भने । महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थालाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए ।