काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको छ । हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङको बयान सकिएको थियो । आज आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने जनाइएको छ । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ ।
प्रतिक्रिया