काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसले चलाएको १०० दिने विशेष अभियानअन्तर्गत मङ्गलवार काठमाडौंमा आयोजक कार्यक्रममा बोल्दै उनले यो व्यवस्था नै स्थायी हुने दाबी गरे ।
उनले गणतन्त्रलाई सफल पार्नु सबैको कर्तव्य हुने भएको बताए । उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि आवश्यक भएको बताए ।
उनले बिपी कोइराला र गणेशमान सिंह त्यसबेला चुनौती राखेर नेपाल फर्किएपछि उनीहरूकै नीतिअनुसार राजनीति घुमिरहेको स्मरण गरे ।
प्रतिक्रिया