देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको प्रस्ताव बरिष्ठ नेता : बामदेवले मागे सकृय भुमिकाको पद

देशान्तर


काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई वरिष्ठ नेता बन्न प्रस्ताव गरे पनि गौतमले भने त्यसलाई अस्विकार गरेका छन् । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी एकताबारेको छलफलमा गौतमले सक्रिय भूमिकाको माग गरेका हुन् । एकीकृत समाजवादीमा गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ झलनाथ खनालपछिको तेस्रो वरीयता दिने तयारी छ ।


छलफलमा अध्यक्ष नेपालले पार्टीको विधान अनुसारको पद दिइने भन्दै थप छलफल गर्ने बताएका छन् । गौतमले नेकपा (एकीकृत समाजवादी)लाई सक्रिय बनाउने भए आफ्ना पाँच प्रस्ताव लागु हुनुपर्ने बताएका छन् । गौतमले पार्टीलाई सक्रिय बनाउन आफ्नो क्रियाशील भूमिका माग गर्दै आफ्नो मात्र नभएर आफूसँग भएका नेताहरूको उचित व्यवस्थापनको माग गरेका छन् । गौतमले वरिष्ठ नेताको सक्रिय भूमिका नहुँने भएकाले आफूलार्ई २४ सै घण्टा केही न केही गर्ने भूमिका दिनुपर्ने ,पार्टीले गति लिन केन्द्रीय कमिटी पूर्णकालीन हुनुपर्ने ,जनतालाई गोलबन्द गर्न सक्ने विचार अघि सानुपर्ने , समाजवाद तात्कालिक विषय बनाउन सक्नुपर्ने सम्पूर्ण , उत्पादनलाई सामूहिक प्रणालीमा लैजानुपर्ने ,प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएमा मात्र गतिशीलता पैदा हुने नेपाल सामु भनाई राखेका थिए । नेता नेपालले फेरि छलफल गर्ने जवाफ गौतमलाई दिएका छन् । गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताएका छन् ।