काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन् । नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाएको बताए । उनले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए ।
अर्को प्रसंगमा पोखरेलले सहकारी प्रकरणमा गोर्खा मिडियामा आएको रकमको स्रोतमा अनभिज्ञता देखाएर रवि लामिछाने पन्छिन नमिल्ने पनि बताए । पार्टी दर्ता भएपछि पनि लामिछानेले आफ्नै हस्ताक्षरबाट पैसा पठाएको प्रमाण फेला परेको उनको भनाइ छ । पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताए । सहकारी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइएको र रविको विरुद्धमा बिस्तारै तथ्यहरू आउन थालेपछि नयाँ भन्नेवित्तिकै विकल्प हुन्छ भन्ने भ्रम चिरिएको जिकिर गरे।
प्रतिक्रिया